
भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा लाग्दै आएको कर बढाएको छ। भारतको अर्थ मन्त्रालयले डिजेलमा प्रति लिटर १३ रुपैयाँ र पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ निर्यात शुल्क ‘एक्सपोर्ट ड्युटी’ बढाउने निर्णय गरेको हो ।
नेपालले भारतसँग पेट्रोलियम पदार्थ खरिद गर्दै आएकोले अब नेपाललाई पेट्रोलियम पदार्थ आयात गर्दा महँगो पर्ने छ। भारतले निर्यात शुल्क बढाउने निर्णय गरेपछि अब नेपालको खरिद गर्दा पर्ने लागत मूल्य बढ्ने भएको हो। यसले नेपालमा पेट्रोलियम पदार्थको मूल्य थप बढ्ने छ ।
आन्तरिक बजारमा पेट्रोलियम पदार्थको अभाव नहोस् भनेर भारतले निर्यात शुल्क बढाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । भारतमा यो कदमको कारण मूल्यमा कुनै असर नपर्ने बताईएको छ ।
हाल नेपालमा पेट्रोल प्रति लिटर १७९ र डिजेल तथा मट्टीतेल प्रति लिटर १६३ रुपैयाँ प्रति लिटर रहेको छ। पछिल्लो समय सरकारले आयल निगमलाई सोधभर्ना गर्ने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । त्यस अघि पेट्रोलको मुल्य प्रति लिटर १९९ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर १९२ पुगेको थियो।

arthasanjal.com/wp-content/uploads/2022/07/pertol.jpg 600w” sizes=”(max-width: 450px) 100vw, 450px” />






