नवनियुक्त प्रमुखकार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुङ्गानाद्धारा पदभार ग्रहण

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/SNS1541-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/SNS1541-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/SNS1541-1536×1025.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/SNS1541.jpg 1920w” sizes=”(max-width: 450px) 100vw, 450px” />

नबिलबैंक लिमिटेडका नवनियुक्त प्रमुखकार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आजमिति २०७९ आषाढ १७गते शुव्रवारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । नबिलबैंक लिमिटेडकोे मिति २०७९÷०३÷१६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुखकार्यकारी अधिकृतमा श्री ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपालबङ्गलादेश बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धकतथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रहीकार्य गरेका थिए ।

भारतबाट चार्टर्डएकाउन्टेन्सी (CA) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट(CPA)तथावित्तिय विष्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघ-Management Association Nepal) द्वारा Manager To Watch र सन् २०१५ मा Manager of the Yearविधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए ।

उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्