प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Prabhu_Bank_News_Arthasanjal-1024×555.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Prabhu_Bank_News_Arthasanjal-768×416.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Prabhu_Bank_News_Arthasanjal.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रभु बैंकका एकजना संस्थापक सेयरधनीले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी पूर्णमान शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले १७ असारबाट ३५ दिनभित्र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्