अर्थ तथा विकास समितिको बैठकमा सभापति मात्रै उपस्थित

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/deepak_koirala.jpg 734w” sizes=”(max-width: 498px) 100vw, 498px” />

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिमा आज बिहीवार सभापतिबाहेक सांसद र मन्त्रीहरू नआएपछि बैठक स्थगित भएको छ । समितिका सभापति दीपक कोइरालाले बोलाएको बैठकमा समितिका कुनै पनि सदस्य सहभागी नभएका हुन् ।

समितिमा ६ जना मन्त्री, ६ जना एमालेका सांसद र दुई जना माओवादी सांसद छन् । दिउँसाे १ बजेका लागि डाकिएको बैठकमा २ बजेसम्म कोही पनि नआएपछि बैठक स्थगित गरिएको सभापति कोइरालाले बताए ।

सरकारले गएकाे असार १ गते बजेट ल्याएपछि बजेटमाथि छलफल हुन सकेको छैनन् । त्यही भएर संसद्को गतिरोधबारे छलफल गर्नका लागि बैठक बोलाएको काेइरालाले बताए । समितिले संसद् नचल्नुका कारण खोज्न र छिटो सदन सञ्चालनका लागि निर्देशन दिन अर्थ मन्त्रीलाई समेत डाकेकाे उनकाे भनाइ छ ।

यता एमालेले सदनमा गर्नुपर्ने बजेट छलफल संसदीय समितिमा गर्न लागिएको भन्दै बुधवार पत्रकार सम्मेलन गरेर विरोध गरेको थियो

कमेन्ट गर्नुहोस्