नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

Share:
arthasanjal.com/wp-content/uploads/2022/01/corona_covid_1598622785-768×459.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/01/corona_covid_1598622785-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2022/01/corona_covid_1598622785.jpg 1050w” sizes=”(max-width: 500px) 100vw, 500px” />
पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । र, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २८० रहेको मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्