घट्यो सिमेन्ट र फलामे डण्डीको मूल्य

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/artha-768×384.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/artha.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

निर्माणको सिजनमा आकाशिएको निर्माण सामग्रीको मूल्य  घटेको छ । वर्षा लागेसँगै निर्माणको सिजन सकिएपछि निर्माण सामग्रीको मूल्य घटेको हो ।

सिमेन्ट, फलामे डण्डी लगायतका सबैखाले निर्माण सामग्रीको मूल्य घटेको उत्पादक तथा बिक्रेताहरु बताउँछन् । मनसुन सुरु भएपछि भौतिक निर्माणको काम नहुने भएकाले यो सिजनमा निर्माण सामग्रीको भाउ घट्ने गरेको छ ।

१४० रुपैयाँ प्रतिकेजी पुगेको फलामे डण्डीको भाउ अहिले ९५ रुपैयाँमा झरेको छ ।  सिमेन्टको भाउ पनि घटेको छ । गत वर्षको तुलनामा सिमेन्टको भाउ प्रतिबोरा १ सय रुपैयाँसम्मले घटेको उत्पादकहरु बताउँछन् । अहिले ओपीसी सिमेन्ट प्रतिबोरा ६८० देखि ७३० रुपैयाँमा झरेको छ ।

पीपीसी सिमेन्ट प्रतिबोरा ६३० रुपैयाँमा आईपुगेको छ ।

कमेन्ट गर्नुहोस्