लमजुङमा ४० प्रतिशत रोपाई सकियाे

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/unnamed-file-1.jpg 720w” sizes=”(max-width: 500px) 100vw, 500px” />
लमजुङमा  ४० प्रतिशत रोपाई सकिएकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाई सकिएकाे हाे हाे ।

मनसुन छिट्टै भित्रिएकाे र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष लमजुङमा रोपाई  चाडै सुरु गरिएकाे थियो । लमजुङका ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै रोपाई भइरहेको छ ।

यहाँ किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या-२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । केन्द्रका अनुसार जिल्लामा १३ हजार दुई सय ५०  हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्