भन्सार एजेन्टहरुको अन्तिम नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले भन्सार एजेन्टको लागि गत वैशाख १७ गते लिएको लिखित परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो ।
लिखित परीक्षाबाट अन्तवार्ताका लागि ८ सय ६० जना छनोट भएका थिए । छनौट भएकाहरुसंग आयोगले असार ५ गतेदेखि असार १३ गतेसम्म अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्तामा सहभागी ८५७ जना उम्मेदवारहरु मध्येबाट ६६० जना नयाँ भन्सार एजेन्ट छानिएका हुन् ।
हेर्नुहोस्
कमेन्ट गर्नुहोस्