‘धान दिवस’ मनाइने नेपालमा विभिन्न देशबाट वर्षेनि भित्रिन्छ अर्बौंको धान 

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/dhanr-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/dhanr-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/dhanr-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/dhanr.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
आज १५ असार अर्थात धान दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज धान दिवस मनाईदै छ ।  धान दिवस मनाइने नेपालमा वर्षेनी अर्बौं रुपैयाँको धान विभिन्न देशबाट भित्रिने गर्छ । यो तथ्य भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो एघार महिनामा मात्र विश्वका विभिन्न देशबाट १६ अर्ब ७९ करोड १७ लाख ४९ हजार रुपैयाँको धान नेपाल भित्रिएको पाइएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिना अर्थात २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको धान नेपालले आयात गरेको हो ।

चालु आर्थिक वर्षमा प्रत्येक महिना औषतमा १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको धान नेपालले आयात गर्दै आएको छ । धान आयातको गति यही रहे चालु आर्थिक वर्षमा नेपालले करिव साढे १८ अर्ब रुपैयाँको धान आयात गर्ने देखिन्छ ।

पछिल्लो एघार महिनामा नेपालले विभिन्न देशबाट ५४ करोड ५१ लाख १७ हजार २१० केजी धान आयात गरेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले झन् ठूलो मात्रामा धान आयात गरेको थियो ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालले २० अर्ब ५४ करोड ९९ लाख ९६ हजार रुपैयाँको ६९ करोड ८० लाख ६१ हजार ७२८ केजी धान आयात गरेको थियो ।  यस्तै, आर्थिक वर्ष २०७६/७७ मा १० अर्ब ४७ करोड ९७ लाख १३ हजार रुपैयाँको ५ करोड ७५ लाख ९७ हजार ४६९ केजी र २०७५/७६ मा ६ अर्ब ८४ लाख ६० लाख ५० हजार रुपैयाँको धान विभिन्न देशबाट नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

धान मात्र होइन नेपालमा विभिन्न देशबाट ठूलो मात्रामा चामल पनि भित्रने गरेको छ । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो एघार महिनामा २७ अर्ब १२ करोड ७ लाख ९९ हजार रुपैयाँको चामल नेपालले आयात गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३० अर्ब २३ करोड ६९ लाख ५१ हजार रुपैयाँ, २०७६/७७ मा २३ अर्ब १७ करोड १७ लाख १५ हजार रुपैयाँ र २०७५/७६ मा २५ अर्ब ७४ करोड ९० लाख रुपैयाँको चामल नेपालले आयात गरेको विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्