एमालेका कैलाली जिल्ला अध्यक्ष थापा जिम्मेवारीबाट हटाइए

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Ratan-768×499.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Ratan.jpg 900w” sizes=”(max-width: 462px) 100vw, 462px” />

नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो ।

प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ । अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्