सभामुख सापकोटा अजरबैजान प्रस्थान

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/2.jpg-61-1024×535.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/2.jpg-61-768×401.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/2.jpg-61-1536×802.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/2.jpg-61.jpg 2048w” sizes=”(max-width: 500px) 100vw, 500px” />
सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजान संसदको आयोजनामा १६–१८ असारसम्म हुने कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार टोलीमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाकासदस्य रामचन्द्र राई र सभामुख सापकोटाका  स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।

अजरबैजानमा हुने कार्यक्रममा  सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एंव महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसद्हरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्ने प्रवक्ता पाण्डेले जानकारी दिए ।

सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम पनि छ । सो टोली १९ असारमाा स्वदेश फर्किनेछ ।

कमेन्ट गर्नुहोस्