वैदेशिक रोजगारीमा ठगिएकालाई २ करोड चार लाख क्षतिपूर्ति

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/baidesik_20220628065222-1024×766.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/baidesik_20220628065222-768×575.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/baidesik_20220628065222.jpg 1280w” sizes=”(max-width: 401px) 100vw, 401px” />

सुरक्षित आप्रवासन  परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई रु. दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।

वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी एक सय पाँचमध्ये ५६ घटनाको पूर्ण रुपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन परियोजनाले मुख्य भूमिका खेल्दै आएको सामी परियोजनाकी संयोजक लुना रानाले जानकारी दिइन् ।

यस आवमा आप्रवासी स्रोत केन्द्रमा ११४ जनाको वैदेशिक रोजगारीका क्रममा आएका समस्या दर्ता भएकामध्ये ३५ वटा समाधान हुँदा सहजीकरणमार्फत रु तीन करोड ८३ लाख ४६ हजार क्षतिपूर्ति दिलाउन सहजीकरण गरिएको उनले बताइन् ।

गत आवमा १२ र यस आवमा सातजना गरी १९ जनाको शव नेपालमा ल्याउन सहजीकरण गरिएको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्