पोखरामा बाटो र घर भासियो

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Pokhara-raod-768×347.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Pokhara-raod.jpg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ ।

फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको स्थानीयले जानकारी दिएका छन् । सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको, घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको /र घर ओढारजस्तो भएको बताइएकाे छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्