बीमा समितिद्वारा २२ वटा बीमा कम्पनीलाई कारवाही

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/bima-samiti-1024×538.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/bima-samiti-768×403.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/bima-samiti.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

लेखापरीक्षण नबुझाउने २२ बिमा कम्पनीलाई  बिमा समितिले  जरिवाना गरेको छ ।  समितिले जीवन बिमा कम्पनी, निर्जीवन र पुनर्बीमा कम्पनीमा १८ जीवन बीमा,३ वटा निर्जीवन र एउटा पुर्नबीमा कम्पनीलाई कारवाही स्वरुप जरिवाना गरेको हो ।  समितिले १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको दरले जरिवाना गरेको समितिले जनाएको छ ।

बिमा ऐन, २०४९ र बिमा नियमावली, २०४९ बमोजिम बिमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बिमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बिमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।

आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने प्रत्येक बिमा कम्पनीलाई १० हजार रुपैयाँका दरले र आर्थिक वर्ष २०७३/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानूनी कम्पनीहरूलाई १० हजार ५ सय रुपैयाँ जरिवाना गरेको  छ ।

२०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका राष्ट्रिय बिमा संस्थान, गुराँस लाइफ, रिलायबल, सानिमा लाइफ, ओरिएण्टल नेशनल र राष्ट्रिय बिमा कम्पनीलगायत छन् । विद्यमान कानूनी व्यवस्थाको पुन : दोस्रो पटक आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई उल्लंघन गरेकाले ती कम्पनीहरुलाई दोस्रो पटक ५ सय रुपैयाँ थप गरी १० हजार ५ रुपैयाँले जरिवाना गरेको समितिले जनाएको छ।

आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीहरुमा नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एसियन लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सिटिजन लाइफ, महालक्ष्मी लाइफलगायत रहेका छन् । यी कम्पनीलाई १० हजार रुपैयाँको दरले जरिवाना गरिएको समितिले जनाएको छ ।

समितिले  यसअघि पनि केही कम्पनीहरुलाई १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

 

 

 

कमेन्ट गर्नुहोस्