बेथानचोक गाउँपालिकाको बजेट ५९ करोड ११ लाख

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/budget-79-80.png 762w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५९ करोड ११ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । विनियोजित कुल ५९ करोड ११ लाख रुपैयाँको बजेटमध्ये चालु खर्चतर्फ ३१ करोड ५ लाख रुपैयाँ पुँजीगत तर्फ २८ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पालिकाले जिल्लाकै उच्च स्थान बेथानचोक नारायणसम्म केबलकार सञ्चालन तथा प्रदेश राजधानी हेटौँडा प्रवेश गर्ने छोटो मार्ग ढुर्खक–फापरबारी–हेटौँडा सडकको दुर्लुङखोला च्याम्राङबेसी खण्डमा सुरुङ मार्गको अध्ययन र स्थानीय लड्कु खोला र च्याल्टी खोलाको पानीबाट विद्युत् उत्पादनका लागी सम्भाव्यता अध्ययन गर्ने योजना ल्याएको छ ।

जनताको असीमित इच्छा तथा आकांक्षा, समृद्धि प्रतिको उत्कट चाहानालाई सीमित स्रोत तथा साधन बिच तादात्म्य मिलाउँदै प्राथमिकताका आधारमा विनियोजन दक्षता, कार्य सञ्चालनमा प्रभावकारिता तथा आर्थिक अनुशासन मार्फत दिगो विकासको लक्ष्य हासिल पालिकाको उद्देश्य रहेको छ ।

कमेन्ट गर्नुहोस्