
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक बर्ष २०६९÷०८० का लागि ६९ करोड ९१ लाखको बजेट ल्याएको छ । शनिवार ११ औं नगरसभामा सो बराबरको बजेट प्रस्तुत गरिएको नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार कुल बजेटमध्ये चालुतर्फ ४४ करोड ४५ लाख अर्थात ६३.६ प्रतिशत र पुँजीगततर्फ २५ करोड ४६ लाख अर्थात ३६.४ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटको खर्च व्यहोर्नुपर्ने स्रोतहरू मध्ये आन्तरिक राजस्व बाट १ करोड, नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत १२ करोड ६४ लाख, विशेष अनुदान बाट ७० लाख, समपूरक अनुदान बापत १ करोड र सशर्त अनुदानबाट २७ करोड १३ लाख तथा राजस्व बाँडफाँटबाट १२ करोड ६४ लाख अनुमान गरिएको छ ।
यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट १ करोड ३० लाख, राजश्व बाँडफाँटबाट २९ लाख, समपूरक अनुदान १ करोड विशेष अनुदान ७० लाख र सशर्त अनुदान २ करोड ५७ लाख बेहोर्ने र चालु आर्थिक वर्षको खर्च हुन नसकेर बाँकी रहेको ९ करोड बचत रकम रहेको छ । बुढाथोकीले पालिकाको विपद् व्यवस्थापनका लागि १५ लाख बजेट विनियोजन गरिएको बताए ।

arthasanjal.com/wp-content/uploads/2022/06/palika-budget-1024×541.jpg 1024w, 






