काठमाडौं महानगरले बजेट करिब साढे २५ अर्ब, पूर्वाधार विकासका लागि ४९.५७ प्रतिशत

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/bagg-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/bagg-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/bagg-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/bagg.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार नगरसभामार्फत उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

विनियोजित कुल बजेटमध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको महानगरले जनाएको छ । जुन कुल विनियोजित बजेटको २.२४ प्रतिशत हो ।

यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ । जुन कुल बजेटको २०.९६ प्रतिशत हो । यस्तै, पूर्वाधार क्षेत्र विकासका लागि कुल बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट छुट्याइएको डंगोलले बताइन् ।

कमेन्ट गर्नुहोस्