कैलारीको बजेट ५९ करोड

Share:
arthasanjal.com/wp-content/uploads/2022/05/Budget-1024×465.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/05/Budget-768×349.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/05/Budget.jpg 1100w” sizes=”(max-width: 500px) 100vw, 500px” />
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार बसेको गाउँसभाले चालू आर्थिक वर्ष २०७८÷७९ का लागि ६३ करोड ५१ लाख ८५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै पालिका अध्यक्ष राज समझ चौधरीले गाउँपालिकाले सशर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन प्रशासनिक (चालू) तर्फ १० करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेका हुन् ।

यसैगरी, समपूरक कोषतर्फ ६ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । कैलारी गाउँपालिकाले शुक्रबार नै पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विगतका असल अभ्यासलाई गाउँपालिकाले संस्थागत गर्दै लैजाने र कमि कमजोरीलाई न्यूनीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्