नेपाल टेलिकमले ह्वात्तै घटायो इन्टरनेट शुल्क

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Nepal-Telecom.jpg 761w” sizes=”(max-width: 488px) 100vw, 488px” />

नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब रु एक हजार ६ सय मात्र कायम गरिएको छ । यसअघि रु दुई हजार शुल्क रहेकामा टेलिकमले रु ४ सय घटाएको हो ।

यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर रु दुई हजार ३०० रहेकामा रु एक हजार ६ सय बनाइएको छ । ५१ देखि १०० एमबिपीएसको रु दुई हजार १ सय र १ एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल रु एक हजार ९ सय रहेकामा दुवैको महसुल दर घटाएर रु एक हजार ५ सय कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस व्यान्डविथको महसुल रु दुई हजार ७ सय रहेकामा रु दुई हजार ४ सय बनाइएको छ ।

यसैगरी ११ देखि १ सय एमबिपीएसको रु दुई हजार ४०० रहेकामा रु दुई हजार १ सय, १ सय एमबिपीएसभन्दा बढीको रु दुई हजार १ सय रहेकामा रु एक हजार ८ सय कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैँ बराबर रहननाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको छ ।

कमेन्ट गर्नुहोस्