बंगलादेश र नबिल बैंक मर्जरको अन्तिम स्वीकृति रोक्का

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/nabil-and-ban-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/nabil-and-ban.jpg 890w” sizes=”(max-width: 450px) 100vw, 450px” />

नबिल र बंगलादेश बैंक बीचको मर्जरको अन्तिम स्वीकृति रोकिएको छ । कर्मचारी समायोजनमा हेलाहोचो भएको भन्दै विवाद बल्झिएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको हो ।

मर्जरमा नेपाल बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई माथिल्लो हैसियतमा ल्याउन लागेको भन्दै नबिल बैंकका कर्मचारी असन्तुष्ट छन् । नबिल बैंकका सञ्चालकहरुले सुटुक्क बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई पदस्थापन गर्न खोजेको नबिलका कर्मचारीहरुको आरोप छ ।

यता बंगलादेश बैंकका कर्मचारीहरुले भने समान रुपमा लामो समयदेखि एउटै क्षेत्रमा समान हैसियातमा काम गरेका कर्मचारीहरुलाई अन्यय गरेर मर्जर गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले समान हैसियातमा मर्जर पछि कर्मचारीको पदास्थापन नगरिए मन्य नहुने चेतावनी दिएका छन् ।

दुई बैंकका सञ्चालक समितिको अनौपचारिक सहमति अनुसार सुरुवातमा नबिल बैंकको हालको पदमा बंगलादेश बैंकका सोही पदका कर्मचारीको तीन पद तल समायोजनको सहमति भएको थियो । तर, बंगलादेश बैंकका कर्मचारी केही अघिदेखि यसमा असन्तुष्टि तीब्र पारेपछि नबिलका व्यवस्थापककले कर्मचारीको पदस्थापनमा अन्यय नहुने अनौपचारिक सहमति गरेका थिए ।

लगत्तै नबिल बैंकका कर्मचारी आफ्नो बैंक व्यवस्थापक संघ असन्तुष्ट भएका हुन् । उनीहरु बीचको विवाद राष्ट्र बैंकको बैंक तथा वित्तीय क्षेत्र नियमन विभाग पुगेको थियो ।

त्यहाँ पनि समस्या नसुल्झिएपछि बुधबार दुवै पक्षलाई बोलाएर गर्भनर महाप्रसाद अधिकारीले छलफल गरेको र विवाद समाधान गरेर आउन भनेको राष्ट्र बैंक स्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्