अफगान भूकम्प अपडेटः मृत्यु हुने ९२० पुगे

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/g-4-1024×575.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/g-4-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/g-4-1536×863.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/g-4.jpg 1600w” sizes=”(max-width: 500px) 100vw, 500px” />
अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुगेको छ । पाक्तिका प्रान्तकाे दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो । भूकम्पमा सयौँ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । भूकम्पका कारण पूर्वी पाक्तिका प्रान्तमा धेरै घरहरू भत्किएका छन् ।

कमेन्ट गर्नुहोस्