विदेश जाने नेपालीको संख्यामा वृद्धि,एक महिनामै ५७ हजारले लिए श्रम स्वीकृति 

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/baideshik.jpg 650w” sizes=”(max-width: 500px) 100vw, 500px” />

पछिल्लो समयमा नेपालबाट कामका लागि विदेशीे नेपालीहरुको संख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पनि एक महिनामा वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिनेको संख्या ३०.३३% ले बढेको छ ।

विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको बैशाख महिनाको तुलनामा जेठ महिनामा वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिनेको संख्या ३०.३३% ले बढेको हो । जेठ महिनामा ५७ हजार ७८३ जनाले वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका छन् । गत बैशाख महिनामा ४४ हजार ३३३ जनाले पहिलो श्रम स्वीकृति लिएका थिए ।

विभागका अनुसार श्रम स्विकृति लिएकाहरुमध्ये ५० हजार २६९ जना पुरुष र ७ हजार ५१४ जना महिलाले युरोप र खाडी मुलुकमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका हुन् । यस अवधिमा मलेसियाका लागि पहिलो श्रम स्वीकृृति लिनेहरुको संख्या सबैभन्दा बढी रहेको छ ।

विभिन्न मेनपावरबाट मलेसिया जानका लागि १९ हजार २३८ जनाले पहिलो श्रम स्विृकृति लिएका हुन् । वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिने दोस्रो देशमा साउदी अरेबिया रहेको छ यस अवधिमा साउदी जानका लागि ६ हजार १५८ जनाले पहिलो श्रम स्विकृति लिएका हुन् ।

यस्तै, साइप्रस जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ४ सय रहेको छ भने बु्रनाइका पहिलो श्रम स्वीकृति लिनेको संख्या २१५ रहेको छ । त्यसैगरी, वैदेशिक रोजगार विभागबाट पहिलो स्वीकृति लिइ अल्बानिया जानेहरुमा ८५५ जना रहेका छन् । जापान जान पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ६९, जोर्डनका लागि ८ जना र बहराइन जानेमा १ हजार २६२ जनाले पहिलो श्रम स्वीकृति लिएको तथ्याङकमा उल्लेख छ ।

विभागका अनुसार कुवेत जानका लागि श्रम स्वीकृति लिनेहरुको संख्या ८ हजार ४९३ रहेका छन् । त्यसैगरी ओमानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ४०६ जना, कतारका लागि ५ हजार २३६ जना, मौरिससका लागि १५० जना, रोमानियाका लागि २ हजार २३२ जना रहेका छन् । युएई जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ८ हजार ५८१ जना रहेका छन् ।

त्यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिएकाहरुमा २९ हजार ३८२ जना रहेका छन् जसमा पुरुष २६ हजार ३९ जना र महिला ३ हजार ३४३ जनाले अन्तिम स्वीकृति लिएका हुन् । अन्तिम श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सिप नभएका कामदारहरुको संख्या ६२ हजार ३४९ रहेको छ, जसमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन् ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा दक्ष कामदारको संख्या १०, पेशागत कामदारको संख्या ४५, अर्धदक्ष कामदारको संख्या ४ हजार ७ सय सिप युक्त कामदारको संख्या ३२ हजार ६३१ र सिप नभएका कामदारहरुको संख्या १९ हजार १९३ रहेको तथ्याङकमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्