अफगानिस्तान एउटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको ज्यान गएको र कैयौँ घाइते भएको बताइएको छ।
सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन्। ती तस्बिरहरू पाक्तिका प्रान्तका हुन्।
एक स्थानीय अधिकारीले २५० जनाभन्दा बढीको ज्यान गएको र त्यो सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्। उनका अनुसार प्रारम्भिक जानकारीमा १५० जनाभन्दा बढी घाइते भएको विवरण आएको छ।
दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरदेखि करिब ४४ किलोमिटर टाढा भूकम्पले केन्द्रबिन्दु बनाएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्