सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुल गान्धीमाथि पाँचौ पटक सोधपुछ हुँदै

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Rahul-Gandhi.webp 640w” sizes=”(max-width: 400px) 100vw, 400px” />

कांग्रेस नेता राहुल गान्धीलाई प्रवर्तन निर्देशनालय (ईडी)ले आज पाँचौँ दिन पनि सोधपुछका लागि बोलाएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलमाथि चार दिनमा ४० घण्टासम्म सोधपुछ गरिएको छ । गत साता सोमबारदेखि बुधबारसम्म राहुललाई ३० घण्टाभन्दा बढी सोधपुछ गरिएको थियो ।

यसैबीच, कोभिडसम्बन्धी समस्याका कारण गत साता अस्पताल भर्ना भएकी कंग्रेस प्रमुख सोनिया गान्धी उपचारपछि सोमबार साँझ डिस्चार्ज भएकी छिन् । सम्पत्ति शुद्धीकरण मुद्दामा छोरा राहुलसँग उनलाई पनि बोलाइएको छ । अस्वस्थताका कारण जुन २३ सम्मको समय दिइएको छ । नेसनल हेराल्ड मामिलामा ईडीले राहुल र सोनियाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्