पेट्रोलियम पदार्थको मूल्य साउनदेखि अझै बढ्ने

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/aa_20220620185927-768×365.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/aa_20220620185927.jpg 881w” sizes=”(max-width: 500px) 100vw, 500px” />

साउनदेखि पेट्रोलियम पदार्थको मूल्य अझ महगो हुने भएको छ । नेपाल आयल निगमले साउनदेखि पेट्रोलियम पदार्थ परल मूल्य र पूर्वाधार कर समेत थपिने भएपछि इन्धनको मूल्य अझै महंगो हुने भएको हो ।

सोमबार  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गर्दै निगम मासिक ४ अर्ब रुपैयाँ घाटामा गइरहेकाले अब पेट्रोलियम पदार्थमा उपलब्ध गराउँदै आएको छुट नदिने र आफूले तिरेको मूल्यमा उपभोक्तालाई बिक्री गर्ने बताएको छ ।

आगामी आबदेखि परल मूल्यमै बिक्री गरिने निगमका कार्यकारी निर्देशक उमेश थानीले बताएका छन । आइओसीसँग खरिद गरेको मूल्यमा कर थप गरी आउने लागत मूल्यमै इन्धन बिक्री गरिने र सरकारले पूर्वाधार करका लागि छुट्याएको कर बापतको रकम पनि साउनदेखि उठाउने बताए । निगमका अनुसार हाल पेट्रोलिमा प्रतिलिटर १३.५८ रुपैयाँ, डिजलमा १३.९५ रुपैयाँ र ग्याँसमा प्रतिसिलिण्डर ७१५ रुपैयाँ घाटा छ ।

कमेन्ट गर्नुहोस्