प्रतिनिधिसभाको बैठक आज, आर्थिक विधेयक–२०७९ पारित गरिने

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Samsad_Meeting_News_Onlinepana-1024×536.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Samsad_Meeting_News_Onlinepana-768×402.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Samsad_Meeting_News_Onlinepana.jpg 1300w” sizes=”(max-width: 500px) 100vw, 500px” />

आज  प्रतिनिधि सभाको  बैठक संसद भवन, नयाँ बानेश्वरमा  १ बजे बस्दैछ । आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुने संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ ।

आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा  ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९–संसदमा प्रस्तुत गर्नेछन् ।

त्यसै गरी आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ । सो विधेयक पारितका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने गरी संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।

‘ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९’ पारित गर्नका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्