एन्फाले उडायो कानूनको धज्जी, सट्टेबाजी गर्दै नेपालका खेलमा बिदेशी कम्पनीलाई मान्यता

Share:

आज अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं चुनावी साधारण सभा हुदै छ। जसमा कर्मा छिरिङ शेर्पा र पंकज नेम्वाङले उम्मेदवारी दिएका छन् ।

एन्फाको गैरकानुनी सट्टेबाजीलाई कानुनी मान्यता दिने गरी गरेको सम्झौतापत्र सार्वजनिक भएको छ । नेपालको कानुनले अवैध मानेको सट्टेबाजीलाई एन्फाले नै बिदेशी कम्पनीलाई आधिकारिकता प्रदान गर्ने गरी सम्झौता गरेको स्पष्ट देखिएको छ ।

एन्फाले स्विजरल्याण्डको इम्पावर स्पोर्टस् जीलाई नेपालका ए डिभिजन, बी डिभिजन र सी डिभिजनसहित राष्ट्रिय महिला फुटबल लिगका लागि सट्टेबाजी गर्न मान्यता दिएको सम्झौतापत्र सार्वजनिक भएको हो । नेपालको कानुनले कुनै पनि खेललगायत अन्य क्षेत्रमा समेत बन्देज गरेको सट्टेबाजीलाई मान्यता दिएर एन्फाले २ सिजनका लागि खेलहरुको आधिकारिकता सुम्पिएको पाइएको हो ।

सार्वजनिक भएको सम्झौतापत्रमा एन्फाले बिदेशी कम्पनीलाई विशेष विश्वव्यापी, रोयल्टी–रहित, पूर्ण रूपमा भुक्तान गर्ने, उप–लाइसेन्स योग्य र सबै एन्फा प्रतियोगिताहरू र राष्ट्रिय टोलीका खेलहरूको प्रयोगको अधिकारसहित स्वतन्त्र रूपमा हस्तान्तरणयोग्य अडियो–भिजुअल अधिकारहरू प्रदान गर्ने उल्लेख गरिएको छ ।

उक्त खेलहरु हुनुभन्दा १० दिन अगावै त्यससम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने तथा खेल हुने दिन प्रेस बक्समा तीन सिट र न्यूनतम ५ एमबीपिएस क्षमताको इन्टरनेट सुविधा उपलब्ध गराउने बुँदा समेत उल्लेख गरिएको छ । सन् २०२१ को डिसेम्बर ६ का दिन एन्फाको तर्फबाट नेपालमा इन्द्रमान तुलाधर र इम्पावरको तर्फबाट पेड्रो प्रेसा र एन्ड्रीयास अर्पागसले पोर्चुगलको ऐयरसमा सन् २०२१ को डिसेम्बर १४ तारिखका दिन हस्ताक्षर गरेको सम्झौतापत्र प्राप्त भएको छ । एड्डेन्डम टु द कोअपरेसन एग्रिमेन्ट डेटेड सेप्टेम्बर १८, २०१८ नामक उक्त सम्झौतापत्रको गत सेप्टेम्बरमा संशोधन गरिएको पाइएको छ । उक्त सम्झौतामा नेपालमा आयोजना गरिने प्राय खेलकुदको प्रचार–प्रसारसहितको सम्पूर्ण अधिकार इएसएजीलाई हुने उल्लेख छ ।

“बेटिङ अपरेटरहरू’’ भनेको ती कम्पनीहरू हुन् जसले बेटिंग प्लेटफर्म वा बेटिंग पसलहरूमा स्थान बेटिङका लागि कार्यक्रमहरूको लागि कानुनी रूपमा उपलब्ध गराउने गर्दछन् ।’’

“बेटिङ प्लेटफर्महरू’’ भनेको वेबसाइटहरू वा मोबाइल एपहरू जुन बेट्सन खेलकुद घटनाहरू राख्नको लागि कानुनी रूपमा उपलब्ध गराउने भनिएको छ ।’’

मुलुकी अपराध संहितामा के छ ?

मुलुकी अपराध संहितामा २०७४ को दफा १२५ ले सटट्बाजीलाई जुवा खेल्नु सरह अवैध मानेको छ । उक्त दफामा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने भन्ने व्यवस्था गरिएको छ । जसअनुसार उफा दफा १ मा कसैले जुवा खेल्नु वा खेलाउनु हुँदैन भनिएको छ भने उप दफा २ को (क) मा पहिलो पटक जवुा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जररबाना गर्ने उल्लेख गरिएको छ । त्यसै गरी त्यसै उपदफाको (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ ।

सोही दफाको उपदफा ४ मा कसैले पनि सट्टाबाजी गर्नु वा गराउनु हुँदै भन्ने उल्लेख गरिएको छ । उपदफा ५ मा कसैले कानुन बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसूर गरेको मानिनेछ भन्ने उल्लेख छ ।

उपदफा ५ मा यस्तो कसूर गरेको पाइएमा त्यसमा प्रयोग भएको बिगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । यसका साथै उपदफा ७ मा यस्तो कसूरमा पटके कायम गर्दा अदालतबाट कसूरदार ठहरेको आधारमा कायम गरिनेछ भन्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्