आईजीपी नियुक्ति विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै

Share:
arthasanjal.com/wp-content/uploads/2022/04/Sarbochha_Adalat_Suprim_Court-1024×597.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/04/Sarbochha_Adalat_Suprim_Court-768×448.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/04/Sarbochha_Adalat_Suprim_Court-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/04/Sarbochha_Adalat_Suprim_Court.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज (आइतबार) सुनुवाइ हुँदैछ । रकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेल सर्वोच्च पुगेका हुन् । अईजी पोखरेलले आफू वरिष्ठ एआइजी हुँदाहुँदै सिंहलाई आर्इजीपीमा नियुक्ति गरेको भन्दै निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको समेत माग गरेर रिट दायर गरेका छन् ।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत् बढुवा गरेको रिटमा उल्लेख छ । गत सोमबार एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले वहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो ।

आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । आज विश्वराज पोखरेल पक्षका कानून व्यवसायीले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी पेस गर्नेछन् भने उनीहरूको वहसपछि सिंहका कानुन व्यवसायीको वहस हुनेछ ।

त्यस्तै सरकारको निर्णयको बचाउका लागि सरकारी वकिलहरुले पनि वहस गर्नेछन् । यो रिटमा सर्वोच्च अदालतले यसअघि नै अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । १८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो र दोस्रो वरीयतामा रहेका एआईजीलाई छाडेर तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्