प्रधानमन्त्री अनुपस्थित भएपछि संसदीय समिति बैठकबाट छोडेर बालुवाटरतिर लागे माधव नेपाल

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Madhav_nepal-768×458.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Madhav_nepal.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिएका छन् ।

अमेरिकन सहयोग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठक सकिनु अघि नै बाहिरिएका हुन् ।

समितिको बैठकमा पुगेका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाएलगत्तै बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै बाहिरिएका हुन् । समितिको बैठक भने बसिरहेको छ ।

कमेन्ट गर्नुहोस्