
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् । पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘हामी करिब करिब पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ । अब विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदै छ ’ ‘प्रचण्डले भने, ‘त्यसको असर विभिन्न जनसंगठनहरूमा देखिँदै छ । कर्मचारीमा पनि देखिँदै छ । बाँकी रहेका साथीहरु पनि एकीकृत र केन्द्रीत हुने विश्वास लिएको छु ।’
उनले पार्टी र कर्मचारी संगठनबीच राम्रो सम्बन्ध भएन भने समाजवादको यात्रा कमजोर हुने तर्क गरे ।
कमेन्ट गर्नुहोस्