एसपीपीमा केपी ओलीले आफ्नो संग्लनता बारे दिए सनसनीपुर्ण बयान

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/KP_Sharma_Oli_OP-1-1-1024×597.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/KP_Sharma_Oli_OP-1-1-768×448.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/KP_Sharma_Oli_OP-1-1-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/06/KP_Sharma_Oli_OP-1-1.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपालमा केहिदिन यता विवाद र चर्चाको केन्द्रमा रहेको एसपीपी सम्झौतामा भित्रभित्रै के भएको थियो भन्ने बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै विवरण सुनाएका छन् ।

ओली प्रधानमन्त्री भएका बेलामा तत्कालिन प्रधानसेनापती राजेन्द्र क्षेत्रीले अमेरिकालाई पत्र लेखेपछि हंगामा मच्चिएको छ । केपी ओली प्रधानमन्त्री भएपनि त्यसबेला आफूलाई सुइँको समेत नदिइ क्षेत्रीले पत्र लेखको ओलीले दाबी गरेका छन् ।

ओलीले आफू प्रधानमन्त्री हुनु भन्दा अगाडिनै तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले एसपीपीमा नेपाललाई पनि सामेल गराउँनु भनेर पत्र लेख्न प्रधानसेनापतिलाई अुनमती दिएको दाबी गरेका छन् । कोइरालाकै अनुमतिमा टेकेर क्षेत्रीले त्यो पत्र लेखेको र त्यस बेला आफूलाई समेत जानकारी नदिइ गोप्य राखिएको खुलाएका छन् ।

कसैले एउटा भ्रम फिँजाइरहेको छ खै के आयो त यस्तो भन्दैछन् । केपी ओलीकै पालमा स्टेट पार्टनरसी प्रोग्राम ल्याएको थियो भनिरहेका छन्’, उनले भने, ‘म दिनसहित भन्न सक्छु । नेकपा एमाले यस्तो कुरामा सदैव अत्यन्त सजग छ ।

२०७२ साल असोज ६ गते सुशील कोइरालाले यसलाई अघि बढाएका हुन् । संविधान जारी भएको ३ दिनपछि आफू सरकारबाट हट्ने तय भएका बेला उनले यो सम्झौता अघि बढाएका थिए । ’एमालेलाई सत्ता बुझाउने सहमति भइसकेको अवस्थामा कोइरालाले यसलाई अघि बढाएको ओलीले बताए ।

‘एमालेसँगको सहमतिपछि आफूले सरकार सुम्पिने निश्चित थियो । असोज ६ गते प्रधानमन्त्री र रक्षामन्त्री एकै जना सुशील कोइराला थिए । कोइरालाले रक्षामन्त्रीको हैसियतमा उक्त निर्णय गर्नु भएछ । स्टेट पार्टनरसिप प्रोग्राममा असोज ६ गते नेपाल पनि पक्ष राष्ट्र होस् भनेर निर्णय गर्नु भएछ, ओलीले भने, ‘असोज ६ गतेको उक्त निर्णय असोज १३ गते सैनिक हेडक्वार्टरलाई पठाइयो ।

२०७२ असोज २४ गते म प्रधानमन्त्री भएँ । २५ गते शपथ लिए । त्यही निर्णयका आधारमा कात्तिक १० गते प्रधानसेनापतिले अमेरिकी राजदूतावासलाई पत्र लेखेका रहेका छन् । कोइरालाको त्यही मन्त्रिस्तरीय निर्णयबाट राजेन्द्र क्षत्रीले दूतावासलाई लेखेका रहेछन् ।’

ओलीले कार्यक्रममा सेनापतिले साधारणतस् त्यसरी राजदूतलाई पत्र लेख्न नमिल्ने बताए । ‘त्यो काम रक्षा र पराष्ट्र मन्त्रालयको हो । त्यो भन्दा १५ दिनअघि म प्रधानमन्त्री भइसकेको थिएँ । त्यो कुरा मलाई थाहा नदिइ गोप्य राखियोु, उनले भने, ‘त्यसपछि २०७४ वैशाख २४ गते पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला राजेन्द्र क्षत्रीले नै अमेरिकी सेनाको प्यासिफिक कमान्डलाई पत्र लेखेका थिए । पहिले नै हामीले लेखेको पत्र किन सेलायो भनेर लेखेको रहेछ ।’

उनले १ जुन २०१९ मा आफ्नो नेतृत्वको सरकार भएका बेला डोनाल्ड ट्रम्पले इन्डो प्यासिफिक स्ट्राटेजी ल्याएको बताए ।

‘पेजमा इन्डो प्यासिफिक स्ट्राटेजीको ३८ या ३९ पछिल्लो पटक नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेका रहेछन्, उनले भने, ‘हामीले त्यसलाई हेरेर यो कहाँबाट भयो भनेर प्रश्न गर्‍यौँ । हामीले त्यो सैन्य सम्झौतामा गएका छैनौँ र जाने कुरा पनि आउँदैन भनेका थियौँ ।’

ओलीले नेपालले तटस्था र असंलग्नताको नीति मानिरहेको पनि बताए । ‘कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ भनेर प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री र रक्षा मन्त्री ईश्वर पोखरेल हुँदा परराष्ट्र सचिव नेतृत्वमा बनेको छानबिन समितिले ठहर गरेको थियो, उनले भने, ‘यो सैन्य सम्झौता उपयुक्त होइन भनेर त्यतिखेरै भनिएको छ ।

सैन्य संगठनमा हामी कुनै पनि अवस्थामा कहिले पनि आवद्ध हुँदैन भनेका छौँ । हामी पञ्चशीलका सिद्धान्त मान्छौँ । त्यही अनुसार हामीले च्याप्टर क्लोज गरेको विषय अहिले जोडिँदैछ । त्यो सुशील कोइरालाले सुरु गरेको हो, हामीले होइन ।’

कमेन्ट गर्नुहोस्