विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/samsad-parliment-meeting-final-1-768×440.png 768w, arthasanjal.com/wp-content/uploads/2022/06/samsad-parliment-meeting-final-1.png 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बिहीबार पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोपसहितका प्रश्न उठाउँदै संसद् बैठक बहिष्कार गरेको अवस्थामा विनियोजन विधेयक पारित गरिएको हो ।

 

 

अर्थमन्त्री शर्माले बजेट विनियोजन गर्नका लागि संसद्मा प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव संसद्को बहुमतले पारित भएको हो ।

कमेन्ट गर्नुहोस्