५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् आमरण अनशन

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/thumb-14-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/thumb-14.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

न्यायको माग गर्दै आमरण अनशनमा बसेकी  राजपुतले अनशन तोडेकी छन् । बिहीबार निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् ।

गत जेठ २७ गतेदेखि महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिएर अनसन तोडेकी हुन् ।

दुई पक्षबीच प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाको छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकाय पीडितमैत्री न्याय बनाउन पहल गर्नेलगायत सहमति भएको छ ।

गृहका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुवरले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

arthasanjal.com/wp-content/uploads/2022/06/paper-1762022030608-1000×0-1-767×1024.jpg 767w, arthasanjal.com/wp-content/uploads/2022/06/paper-1762022030608-1000×0-1-768×1025.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/paper-1762022030608-1000×0-1.jpg 1000w” sizes=”(max-width: 225px) 100vw, 225px” />

arthasanjal.com/wp-content/uploads/2022/06/paper2-1762022030652-1000×0-1-767×1024.jpg 767w, arthasanjal.com/wp-content/uploads/2022/06/paper2-1762022030652-1000×0-1-768×1025.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/paper2-1762022030652-1000×0-1.jpg 1000w” sizes=”(max-width: 225px) 100vw, 225px” />

कमेन्ट गर्नुहोस्