रहरले संचारकर्मी बनेको मलाई परिस्थितिले राजनीतिज्ञ बनाउने भयो : रवि लामिछाने

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/rabi-lamichhane.png 690w” sizes=”(max-width: 414px) 100vw, 414px” />

संचारकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा होमिएका छन् । लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ संचारकर्म छाडेर राजनीतिमा होमिएका हुन् ।

एक भिडियो क्लिपमार्फत लामिछानेले आज (बिहीबार) देखिनै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण राजनीतिक योजना आगामी असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गर्ने बताएका छन् ।

‘म रहरले सञ्चारकर्मी भएको हुँ । तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु’, लामिछानेले भने, ‘यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा, महत्वाकांक्षा केहिपनि होइन । यो समाजलाई मेरो तर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो ।’
उनले आफूले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पनि बताएका छन् । लामिछानेले देश निर्माणका लागि आफूसँग केही रहेको बताउँदै जसलाई सार्थक पार्न सके हाम्रा सन्ततिको भविष्य सुनौलो बन्न सक्ने बताएका छन् ।
कमेन्ट गर्नुहोस्