
नेपालमा एक युवकलाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ । मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको हो ।
दुवईबाट आएका ती युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि निगरानीमा राखिएको टेकु अस्पतालले जनाएको छ । आज दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार एकसय चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको थियो ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । ती युवाको शरीर र हातमा आएको फोका मंकीपक्स हो वा होइन भनेर थाहा पाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘नमूना’ पठाइएको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले जानकारी दिए ।
डा. पुनका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्न सक्दछ । शंकास्पद बिरामी नेपाली २७ बर्ष युवक रहेको बताइएको छ ।