नदीमा खस्दा किशाेरीकाे मृत्यु

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/hg-1-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/hg-1.jpg 960w” sizes=”(max-width: 400px) 100vw, 400px” />
बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशाेरीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउदैँ गरेकी अधिकारी नदीमा खसेकी हुन् ।

नदीमा वेपत्ता किशोरीको शव स्थानियवासीले  निकालेका थिए । एक साता अगाडि  एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए ।

बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको  जिवितै उद्धार हुन नसकेकाे स्थानीय शिक्षक पदम साउदले बताए ।

गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साघुँबाट तर्ने गरिएको छ ।

कमेन्ट गर्नुहोस्