वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनले भारतीय मेगासिटी मुम्बईको लागि खतराको घण्टी बजाएको छ । अध्ययनले तटीय सहर मुम्बई समुन्द्रमा डुबिरहेको देखाएको छ । प्रतिवर्ष २ मिलिमिटरको दर सानो देखिए पनि भविष्यमा बढ्दो बाढीबाट बच्न तत्काल समाधानको उपाय अपनाउनु पर्ने अध्ययन प्रतिवेदनले सुझाव दिएको छ ।
मुम्बई सहर डुब्नु भनेको जमिन कमीको घटनासँग जोडिएको बताइएको छ । युनिभर्सिटी अफ रोड आइल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार चीनको तियान्जिन विश्वको सबैभन्दा छिटो डुब्ने सहर हो । उक्त सहर वर्षेनी ५ सेन्टिमिटरको दरले डुबिरहेको छ ।
कमेन्ट गर्नुहोस्