एसपीपी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अङ्ग हो : मसाल

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Untitled-design-1-2-1024×741.png 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Untitled-design-1-2-768×556.png 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Untitled-design-1-2.png 1050w” sizes=”(max-width: 414px) 100vw, 414px” />

नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले संघीय संसदले एमसीसी सम्झौता पारित गरेपछि अमेरिकाले नेपाललाई क्रमशः आफ्नो सैन्य क्याम्पमा लैजानका लागि प्रयत्न बढाउँदै लगेको दाबी गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गर्दै गरी अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) का लागि बारम्बार सरकारमाथि दबाब दिन थालेको बताएका हुन् । ‘त्यसबाट एमसीसी को मुख्य उद्देश्य नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजानु नै हो भन्ने कुरा झन् पछि झन् छर्लग हुँदै गइरहेको छ,’ वक्तव्यमा भनिएको छ ।

एसपीपी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अङ्ग रहेको दाबी गर्दै मसालले त्यसलाई स्वीकार गरेपछि नेपाल प्रत्यक्ष रूपले नै इन्डोप्यासिफिक रणनीतिमा सामेल हुनु हुने बताएको छ । ‘त्यसको परिणामस्वरुप नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र नेपाल पूरै नै अमेरिकी सैन्य क्याम्पमा सामेल हुनेछ,’ वक्तव्यमा भनिएको छ, ‘अमेरिकी गतिविधिलाई मसालले गम्भीर रूपमा लिन्छ र त्यसका विरुद्ध कडा आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।’

कमेन्ट गर्नुहोस्