इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

Share:

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि आज जेठ ३० गतेबाट लागू हुने गरी यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो . बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ बमोजिम इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

इन्भेस्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । इन्भेस्टमेन्ट र मेगाबीच १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर सम्झौता भएको छ ।

कमेन्ट गर्नुहोस्