जिसस रोल्पामा माओवादी केन्द्र विजयी

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/rolpa-1024×536.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/rolpa-768×402.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/rolpa-1536×804.jpeg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/rolpa.jpeg 1550w” sizes=”(max-width: 500px) 100vw, 500px” />

जिल्ला समन्वय समिति रोल्पामा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । प्रमुखसहित सबै सदस्यमा माओवादी केन्द्रको एकल उम्मेदवारी परे पनि उपप्रमुखमा माओवादीका कर्मलाल परियार र नेपाली कांग्रेसका टेकबहादुर बस्नेतको उम्मेदवारी परेको थियो ।

१० स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २० मतदाता रहेकोमा १९ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले जानकारी दिए । जसमध्ये हँसिया हथौंथामा १३ र रुखमा ५ मत खस्दा एक मत बदर भएको छ । रोल्पामा माओवादीको १४, कांग्रेसको ५ र एमालेको १ मत रहेको थियो ।  नेकपा एमालेबाट निर्वाचित त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठाले मतदान नगरेको बताइएको छ ।

जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा रोल्पा नगरपालिकाकी सीता आचार्य निर्विरोध निर्वाचित भएकी छिन् । सदस्यहरुमा सुनिलस्मृति गाउँपालिकाबाट सुरज माइला, त्रिवेणी गाउँपालिकाबाट केवल घर्ती, लुंग्री गाउँपालिकाबाट मीना सुनार, थबाङ गाउँपालिकाबाट जितकुमारी विक, रोल्पा नगरपालिकाबाट निलम सुनार, माडी गाउँपालिकाबाट शेरबहादुर पुन र माडी गाउँपालिकाबाटै सर्मिला पुनमगर निर्विरोध निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्