मानसिक सन्तुलन गुमाएका व्यक्ति विद्युत् हाइटेन्सन लाइनमा चढेपछि माथिल्लो त्रिशूली थ्री ए आयोजनाको उत्पादन रोकिएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ प्रसारण लाइनमा मानसिक सन्तुलन गुमाएका बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला बिक चढेका छन् ।
उनी चढेपछि प्राधिकरणले आफ्ना विद्युत् आयोजना बन्द गरेर प्रसारण लाइनमा विद्युत् प्रवाह रोकेको हो । शनिबार करिब १० बजेदेखि उनी विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन् । उनलाई झर्नका लागि प्रहरी फकाइरहेको बताएको छ । स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
कमेन्ट गर्नुहोस्