सरकारको नीति तथा कार्यक्रम आज संसद्मा पेस हुँदै

Share:

सरकारको नीति तथा कार्यक्रम मंगलबार संघीय संसद्मा पेस हुँदै छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने सरकारको ‘नीति तथा कार्यक्रम’ राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट जेठ १५ मा ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा दीगो आर्थिक विकास, कोरोना महामारीपछिको पुनरुत्थान, पर्यटन, आन्तरिक श्रम व्यवस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उत्थानका कार्यक्रम समावेश गरिने छ

कमेन्ट गर्नुहोस्