पेट्रोलको मूल्य फेरि बढ्यो, लिटरकै १८० रुपैयाँ, ग्याँसको मूल्यमा २ सय वृद्धि

Share:

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  वृद्धि गरेको छ । निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १८० रुपैयाँ र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८०० रुपैयाँ पुर्याएको छ । एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँले बढाए पनि निगमलाई अझै प्रतिसिलिण्डर ८७९.७५ रुपैयाँ घाटा छ ।

त्यसैगरी डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढेर १६३ रुपैयाँ पुगेको छ । त्यसैगरी हवाई इन्धन आन्तरिकका लागि प्रतिलिटर १० रुपैयाँले बढाएर १६६ रुपैयाँ पुर्याइएको छ ।

मूल्य समायोजनपछि पनि निगम मासिकरुपमा एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ, पेट्रोलमा करिब १ अर्ब रुपैयाँ, र डिजलमा करिब ३ अर्ब ४० करोड घाटामा छ ।

इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिदवापत मे महिनामा ४३ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेमा जम्मा २० अर्ब ६० करोड रुपैयाँ बिक्री वापत प्राप्त भइ पठाइएको र बाँकी २२ अर्ब ४० करोड रुपैयाँ भुक्तानी हुन नसकेको निगमले जानकारी दिएको छ।
नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षमा ४७ अर्ब रुपैयाँ घाटा छ ।

कमेन्ट गर्नुहोस्