भरतपुर महानगरपालिका अपडेट : १४ हजार मत गन्न बाँकी

95
0
Share:

भरतपुर महानगरपालिकामा हालसम्म १ लाख १३ हजार ७७७ मत गणना भएको छ । महानगरमा १ लाख २७ हजार ८३९ मत खसेकोमा १४ हजार ६२ मत गन्न बाँकी रहँदा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बनाएकी छन् । उनी एमालेका विजय सुवेदीभन्दा १० हजार ८९७ मतान्तरले अघि छन् ।

रेणुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत प्राप्त गर्दै जित निश्चित गरेका छन् । सोही पदमा राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मत प्राप्त गरेकी छन् ।

भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ। अहिले वडा नं २५ र २६ को मतगणना जारी छ ।

कमेन्ट गर्नुहोस्