
पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उनले ५० हजार मत कटाएका छन् । उनको पछिल्लो मत ५० हजार ६१२ रहेको छ। त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाको ४६ हजार ५८३ मत रहेको छ ।
उपप्रमुखतर्फ भने गठबन्धनका उम्मेदवारलाई करिब ४ हजार मतको अन्तरले पछि पार्दै नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरूङले ५३ हजार १७३ मत प्राप्त गरेकी छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४९ हजार ५८६ मत प्राप्त गरेकी छन् ।
कमेन्ट गर्नुहोस्







