काठमाडौंको उपमेयरमा सुनितालाई ३० हजार बढी मतको अग्रता

86
0
Share:

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले ३० हजारभन्दा बढी मतले अग्रता लिएकी छन् ।

आज मध्याह्नसम्म डंगोलले ४६ हजार ५८० मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १६ हजार १४६ भोट पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी विनिता मगैयाले आठ हजार ११६, विद्या श्रेष्ठ (स्वतन्त्र) ले सात हजार ६०, बेन्जीसिंह महर्जन (स्वतन्त्र) ले चार हजार ५९३ र विवेकशील साझा पार्टीकी कृति कंसाकारले एक हजार ९४० मत प्राप्त गरेका छन् ।

मेयरमा भने स्वतन्त्र बालेन्द्र साहको अग्रता कायमै छ

कमेन्ट गर्नुहोस्