रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमबार आज बाँडफाँड हुने भएको छ । बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँट गर्न लागिएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार साँझ ४ बजे, प्रभु क्यापिटलको कार्यलयमा बाँडफाँट हुनेछ ।
कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार १८ लाख ३८ हजार ४३१ जना आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ता शेयरको लागि आवेदन परेको थियो ।
कम्पनीले बैशाख २८ गते बुधबारदेखि प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर मात्रै वितरण हुनेछ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ५३ हजार ८९० जनाले शेयर पाउनेछन् ।