काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार ५ सयभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणामअनुसार उहाँ नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ५ सय ५९ मतले अगाडि छिन् । बालेन्द्र साहले अहिलेसम्म ४५ हजार ९ सय ८२ मत ल्याउँदा सिंहले अहिलेसम्म २७ हजार ४ सय २३ मत ल्याएकी छिन् ।
महानगरमा १ लाख ३४ हजार ८७ मत गन्दा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २६ हजार ४ सय ५४ मत पाएका छन् ।
कमेन्ट गर्नुहोस्