काठमाडौँ २४ को वडाध्यक्षमा कांग्रेसका राजभण्डारी विजयी

274
0
Share:

 स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका वडा नम्बर–२४ को अन्तिम मत परिणाम घोषणा भएको छ ।

मत परिणामानुसार नेपाली कांग्रेसका उमेदवार विनोदकुमार राजभण्डारी एक हजार १३२ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार सुजनविलास बज्राचार्यले ९२४ मत पाए ।

कमेन्ट गर्नुहोस्