सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना चलिरहँदा नै मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क राई साम्पाङ को जित निश्चित भएको छ ।
धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा ५९ हजार ६ सय १३ मत मतगणना भइसकेको छ । अब तीन हजार दुई सय ८५ मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार साङपाङ निकटतम प्रतिस्पर्धी भन्दा चार हजार दुई सय ८१ मतले अगाडि रहेका छन् ।
लौरो चुनाव चिह्न लिनुभएका स्वतन्त्र उम्मेदवार साङपाङले १९ हजार पाँच सय ९७ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार तीन सय १६ मत प्राप्त गरेका छन् ।
२० वडामध्ये १९ वडाको गणना भइसकेको छ । अहिले १७ नम्बर वडाको गणना भइहरेको छ । यस्तै धरानको उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा अगाडि रहेका छन् ।
कमेन्ट गर्नुहोस्